माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै, यी हुन छलफलका सूची

  ८ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, फागुन २६ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ । बैठक बिहान ८ बजे बस्ने बताइएको छ ।

बैठकमा नेताहरूको जिम्मेवारी, तराई–मधेश जागरण अभियानको अहिलेसम्मको समीक्षा, आगामी चैत ५ गतेका लागि तय भएको स्ववियु निर्वाचनको तयारी तथा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुने पार्टी सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।

फागुन १२ गते झापाको कचनकवलबाट तराई–मधेश जागरण अभियान सुरु गरेको माओवादी राजावादीहरूको गतिविधि बढेपछि अभियान स्थगित गरेर काठमाडौं केन्द्रित भएको छ । अभियान रोकेर नेताहरू काठमाडौं आइसकेका छन् । अभियान चैत ७ गतेसम्मका लागि तय भएको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर