मिडियाबाजी डटकम काठमाडौँ, फागुन २६ । हाल देशमा पश्चिमी वायूको साथै स्थानिय वायूको आंशिक प्रभाव रहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मूख्यतया सफा रहेको छ ।
सोमबार दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहने पूर्वानुमान छ । त्यस्तै दिउँसो देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
सोमबार राति कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहने पूर्वानुमान छ ।