कुलमानलाई सरकारले सोध्यो चार बुँदे स्पष्टीकरण

  ६ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, फागुन २२ ।  नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले चार बुँदे स्पष्टीकरण सोधेको छ।

बुधबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले कुलमानलाई तीन दिनको समय दिएर चार बुँदे स्पष्टीकरण सोधेको थियो। कुलमानले सरकारले सोधेको स्पष्टीकरण बिहीबार साँझ बुझेका हुन्। स्पष्टीकरणमा समयसीमाभित्र आर्थिक वर्ष २०८०/०८१ को कार्यसम्पादन प्रतिवेदन पेश नगरी सम्झौताको शर्त उल्लंघन गरेको आरोप लगाइएको छ।

स्पष्टिकरणमा भनिएको छ, ‘तपाईंसँगको सम्झौता अन्त्य गरी तपाईंको नियुक्ति रद्द किन नगर्ने ?’ त्यसैगरी सन् २०२४ मार्च ११ र २०२५ फेब्रुअरी १२ मा भएको इन्डो–नेपाल पावर एक्सचेन्ज कमिटीको क्रमशः १५औं र १६औं बैठकमा सहमतिपत्रमा हस्ताक्षर गरी अधिकार नै नभएको कार्य गरेको आरोपसमेत कुलमानमाथि लगाइएको छ।

त्यस्तै, डेडिकेटेड फिडर तथा ट्रक लाइन विवादमा सरकारको निर्देशनको अवज्ञा गरेको, आफ्नो काम, कर्तव्य पालना नगरेको आरोप कुलमानमाथि सरकारले लगाएको छ।

तपाईंको प्रतिक्रिया

थप खबर