मिडियाबाजी डटकम काठमाडौँ, फागुन २२ । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनको पुर्ख्यौली घर पुगेका छन् ।
बिहीबार बिहान प्रचण्डसहितका माओवादी नेताहरू महोत्तरीको एकडारा गाउँपालिकास्थित बालेन्द्रको पुर्ख्यौली घरमा पुगेका हुन् ।
जनतासँग माओवादी, तराई मधेस जागरण अभियानको क्रममा बालेन्द्रको घरमा माओवादी केन्द्रले कार्यक्रमसमेत गरेको छ । अहिले बालेन्द्रको उक्त पुर्ख्यौली घरमा एकडारा गाउँपालिकाको कार्यालय राखिएको छ । जुन घर पालिकाले भाडामा लिएर कार्यालय चलाएको हो । उक्त घरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले सबै मिलेर व्यवस्था जोगाउन र देश बनाउन आग्रह गरेका छन् ।