प्रतिनिधिसभाबाट आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश स्वीकृत

  फागुन २१, २०८१

मिडियाबाजी डटकम काठमाडौँ, फागुन २१ ।  आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, ०८१ प्रतिनिधिसभाबाट स्वीकृत भएको छ । बुधबारको प्रतिनिधिसभा बैठकबाट अध्यादेश स्वीकृत भएको हो ।

सांसदहरूले राखेको अध्यादेश अस्वीकारको सूचना अस्वीकृत भएपछि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अध्यादेश स्वीकृतको प्रस्ताव राखेका थिए । अध्यादेश बहुमतले स्वीकृत भएको हो । यो अध्यादेश माघ १८ गतेको संसद् बैठकमा प्रस्तुत भएको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर