प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, के-के छन् मुख्य एजेण्डाहरु ?

  फागुन २१, २०८१

 मिडियाबाजी डटकम काठमाडौँ, फागुन २१ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । मन्त्रिपरिषद्को नियमित बैठक प्रधानमन्त्रीको सरकारी निवासमा साँझ साढे ६ बजे बस्नेगरी बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा सरकारका नियमित कामकारबाहीबारे छलफल र निर्णय हुने बुझिएको छ । आजको बैठकमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबारे निर्णय हुनसक्ने एक मन्त्रीले जानकारी दिए ।

तपाईंको प्रतिक्रिया

थप खबर