माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

  फागुन २१, २०८१

 मिडियाबाजी डटकम काठमाडौँ, फागुन २१ ।  नेकपा (माओवादी केन्द्र) को पदाधिकारी आज बस्दैछ । बैठक बिहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बस्ने भएको हो । सरकारले सदनमा पेस गर्न लागेको अध्यादेश, तराई मधेस जागरण अभियानलगायत समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।

यसअघि सोमबार बसेको बैठकमा अभियान र पछिल्लो राजनीतिबारे समीक्षा भएको थियो । आजको बैठकमा सुदूरपश्चिम माओवादी संसदीय दल विवाद सम्बन्धमा पनि निर्णय हुन सक्ने जनाइएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर