मिडियाबाजी डटकम काठमाडौँ, फागुन १८ । जनता समाजवादी पार्टी जसपा नेपालले केन्द्रीय समितिको बैठक बोलाएको छ । ललितपुर भोलढोकास्थित ज्यापू प्रज्ञा भवनमा आइतबारदेखि बैठक बस्न लागेको हो ।
प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार बैठक फागुन २० सम्म चल्ने छ । उक्त बैठकमा पालिका समितिको जिम्मेवारीमा खटाइएका केन्द्रीय अभियन्ताहरूले आ–आफ्नो कार्यक्षेत्रमा भएका कार्यप्रगति विवरणको प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको पार्टीले जनाएको छ ।
यसैगरी वर्तमान राजनीतिक परिस्थिति र पार्टीको सङ्गठनात्मक कार्ययोजनालगायत एजेन्डामा बैठक केन्द्रित रहने बस्नेतले बताए ।