म्यानमारको लगातार दोस्रो जित, किर्गिस्तान पराजित

  फागुन ०८, २०८१

मिडियाबाजी डटकम काठमाडौँ, फागुन ८ ।   म्यानमारले अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा बिहीबार किर्गिस्तानलाई ५–० ले हराउँदै लगातार दोस्रो जित हात पारेको छ । दशरथ रंगशालमा भएको खेलमा म्यानमारले दोस्रो रोजाइको टिम मैदान उतारे पनि सुरुवातदेखि नै दबाब बनाउँदै पहिलो हाफमै चार गोल गरेको थियो ।

म्यानमारका लागि युन वादी एलाइङ र मे हेट लुले दुई–दुई तथा सादार लिनले एक गोल गरे । म्यानले पहिलो खेलमा लेबनानलाई ३–१ ले पराजित गरेको थियो । लगातार दोस्रो जितपछि २ खेलबाट ६ अंक जोडेर म्यानमार शीर्ष स्थानमा छ र फाइनल नजिक पुगेको छ । युन वादीले खेलको दोस्रो मिनेटमै गोल गर्दै म्यानमारलाई अग्रत दिलाएकी थिइन् ।

शानदार लिनले ३०औं मिनेटमा गोल गर्दै म्यानमारको अग्रता दोब्बर पारिन् । मे हेट लुले ३५औं र युन वादीले ४१औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै म्यानमारले पहिलो हाफमै चार गोलको अग्रता बनाएको थियो । मे हेट लुले ४९औं मिनेटमा एक गोल थपिन् । च्याम्पियनसिपमा आजै घरेलु टोली नेपालले लेबनानसँग खेल्नेछ । खेल साँझ ६ बजे सुरु हुनेछ । यदि नेपालले लेबनालाई हराएरमा म्यानमार र नेपालले अन्तिम खेलमा खेल्नुअघि नै फाइनलमा स्थान पक्का गर्नेछन् ।

तपाईंको प्रतिक्रिया

थप खबर