मिडियाबाजी डटकम काठमाडौँ, फागुन ६ । नेकपा एकीकृत समाजवादीले सरकारले ल्याएको ६ अध्यादेशको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।
पार्टीको मङ्गलबार बसेको स्थायी कमिटी बैठकले सरकारले ल्याएका अध्यादेशले भूमाफिया, कालोबजारीया, राजस्व छली गर्ने व्यक्ति, विचौलिया, भ्रष्टचारी, तस्कर र दलालहरूलाई फाइदा पुग्ने निष्कर्ष निकालेको हो ।
संसद् छलेर अध्यादेश ल्याएको र त्यसको अन्तरवस्तुमा एकीकृत समाजवादीको असहमति रहेकाले विपक्षमा मतदान गर्ने निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले बताए ।