मिडियाबाजी डटकम काठमाडौँ , फागुण १ । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिका सदस्य बलबहादुर पराजुलीले दुई महिना नबित्दै पदबाट राजीनामा दिएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले गत पुस २ गते बलबहादुर पराजुली र लक्ष्मण केसीलाई प्राधिकरणको सञ्चालक समिति सदस्य नियुक्त गरेका थिए । पराजुली उपभोक्तातर्फबाट नियुक्त भएका थिए ।
प्राधिकरणका सञ्चालक समिति सदस्य पराजुलीले व्यक्तिगत कारण देखाउँदै गत माघ २७ मा राजीनामा दिएका थिए । ऊर्जा मन्त्री खड्काले सोही दिन राजीनामा स्वीकृत गरिसकेको मन्त्रालय स्रोतले जनाएको । पराजुली रेमिट हाइड्रो लिमिटेडको सञ्चालक समितिमा समेत जलविद्युतविज्ञ छन् ।
रेमिट हाइड्रो लिमिटेडको सञ्चालक समितिमा पराजुली निर्देशक (जलविद्युत् विज्ञ) रहेको वेबसाइटमा उल्लेख छ। केसी नेपाली कांग्रेस निकट सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सीडीईएन) का अध्यक्ष हुन् भने पराजुली एमाले निकट हुन् । उनीहरूको कार्यकाल ४ वर्षको हुनेछ ।