आज एकैदिन २३ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

  फागुन ०१, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , फागुण १ ।  नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । बुधबारको तुलनामा बिहीबार छापावाल सुनको मूल्य तोलामा २ हजार ३०० रुपैयाँ बढेको हो । बिहीबार छापावाल सुनको मूल्य प्रतितोलामा १ लाख ६९ हजार ८०० रुपैयाँ कायम तोकिएको छ । यसअघि बुधबार सुनको मूल्य १ लाख ६७ हजार ५०० रुपैयाँ कायम भएको थियो ।

बिहीबार चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा १ हजार ९३० रुपैयाँ कारोबार भएको चाँदी बिहीबार बढेर १ हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर