हमासले शनिबार बन्दी रिहा नगरे फेरि युद्ध सुरु गर्ने इजरायलको चेतावनी

  माघ ३०, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , माघ ३० ।  इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमासले शनिबार बन्दी रिहा नगरे युद्ध सुरु गर्ने चेतावनी दिएका छन् । हमासले इजरायलमाथि युद्ध विराम पालना नगरेको आरोप लगाएपछि नेतन्याहुले यस्तो चेतावनी दिएका हुन् ।

नेतन्याहुको प्रतिक्रियापछि हमासले भने आफू युद्ध विरामका लागि तयार भएको तथा कुनै ढिलाइ तथा जटिलता आए यसमा इजरायल नै जिम्मेवार हुने बताएको छ । यस साता ढिलाइ हुनुको पछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइसँग सम्बन्धित रहेको जनाइएको छ। राष्ट्रपति ट्रम्पले शनिबार सबै बन्दी रिहा गर्नुपर्नेमा जोड दिएका थिए ।

मंगलबार चार घण्टा लामो समयसम्म भएको इजरायलको क्याबिनेट बैठकमा नेतन्याहुले आफू डोनाल्ड ट्रम्पले राखेका प्रस्तावको समर्थक रहेको बताएका थिए। उनले शनिबार मध्यान्ह १२ बजेको समय राखेर हमासलाई चेतावनी दिएका छन् । प्रधानमन्त्री नेतन्याहुले तत्कालै युद्ध छेड्नका लागि आइडिएफलाई निर्देशन नै दिइसकेको बताएका छन् ।

इजरायली सञ्चार माध्यम हार्टेजका अनुसार निर्धारित तीन बन्दी शनिबार रिहा गरे युद्ध विरामलाई निरन्तरता दिने पक्षमा नै इजरायल छ ।

तपाईंको प्रतिक्रिया

थप खबर