मिडियाबाजी डटकम काठमाडौँ , माघ २६ । बागमती प्रदेश सरकारले विपद् प्रभावित सडक तथा पूर्वाधार पुनर्निर्माणका लागि रु १५ करोड २५ लाख उपलब्ध गराउने निर्णय गरेको छ।
प्रदेश सरकारको आज बसेको बैठकले विपद् प्रभावित प्रादेशिक सडक तथा पूर्वाधार निर्माण गर्न रु १५ करोड २५ लाख उपलब्ध गराउने निर्णय गरेको हो।
विपद् प्रभावित हेटौँडा–काठमाडौँ सडक पुनर्निर्माण गर्न रु ११ करोड २५ लाख र प्रदेशका अन्य सडक तथा पूर्वाधार मर्मत गर्न रु चार करोड बजेट व्यवस्था गर्ने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिलामन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए।
उनका अनुसार बैठकले कुलेखानी–सिस्नेरी सडक मर्मत गर्न रु ५० लाख, कुलेखानी–महालक्ष्मी खोला फाखेल खण्ड मर्मत गर्न रु २५ लाख बजेट व्यवस्था गरेको छ।