मिडियाबाजी डटकम काठमाडौँ , माघ २३ । संघीय संसद अन्तर्गत विभिन्न चार वटा समितिको बैठक बस्दैछ । आज अर्थ समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो । सबै बैठक सिंहदरबारमा बस्नेछन् ।
अर्थ समितिको बैठकमा २०८१ साल माघ ११ देखि १६ गतेसम्म समितिले गरेका विभिन्न भन्सार कार्यालयहरुको स्थलगत अनुगमनबाट देखिएका नीतिगत, व्यवहारगत एवं भन्सार प्रशासनसँग अन्तरसम्बन्धित विषयमा अर्थ मन्त्रालय, भन्सार विभाग र अन्य सरकारी निकाय नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राजस्व अनुसन्धान विभाग र आन्तरिक राजस्व विभागसँग छलफल गर्ने कार्यसूची रहेको छ । बैठक बिहान ११ बजे बस्नेछ ।