माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु, साथीहरु भागेर बचे

  ६ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ , माघ १९ ।  जुम्लामा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ । घर लिपपोत गर्ने माटो ल्याउन गएकी चन्दननाथ नगरपालिका–६ की अन्दाजी २५ वर्षीया बिमला सुनारको ढिस्कोमा पुरिएर मृत्यु भएको हो।

चन्दननाथ नगरपालिका–४ स्थित मालाभिडमा रहेको माटीखानमा माटो निकाल्दै गर्दा एक्कासी माटोको ढिस्को खसेपछि उनी पुरिएकी थिइन् । जुम्ला प्रहरी प्रमुख डीएसपी छेदिलाल कामतीका अनुसार मृत्तक बिमला सुनार सहित ५-६ जना माटो ल्याउन गएका थिए । एक्कासी माटोको ढिस्को खसेपछि बिमलाको पुरिएर निधन भएको र अन्य भागेर बाँच्न सफल भएको उनको भनाई छ। शव पोष्टमार्टका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा लगिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ। मृत्तक सुनारका श्रीमान भने हाल वैदेशिक रोजगारीको शिलशिलामा रहेका छन् ।

तपाईंको प्रतिक्रिया

थप खबर