मिडियाबाजी डटकम काठमाडौँ , माघ १६ । सर्वसाधारणले नागरिकता दिने कार्यलाई सहज बनाउन सरकारले नागरिकता ऐन २०६३ को संशोधन ऐन २०७९ लाई संशोधन गर्न प्रक्रिया अघि बढाएको छ । गृह मन्त्रालय नागरिकता ऐन २०६३ लाई दोस्रोपटक संशोधन गर्न बनेको विधेयक प्रतिनिधिसभामा मंगलवार पेस गरेको हो ।
गृहमन्त्री रमेश लेखकले मंगलवार विधेयक संघीय संसद् सचिवालयमा दर्ता गरे । नागरिकता समस्या समाधान अध्ययन समितिले दिएको प्रतिवेदनको विश्लेषण गर्दै गृह मन्त्रालयले संशोधन बुँदा तयार गरेको गृह मन्त्रालयका प्रवक्ता गोकर्णमणि दुवाडीले बताए । नागरिकता ऐन २०६३ को पहिलो संशोधन ऐन २०७९ व्यावहारिक कार्यान्वयनमा देखा परेका समस्याको समेत मूल्यांकन गर्दै गृह मन्त्रालयले दोस्रो संशोधनको बुँदा तयार गरेको छ । त्यसमा जन्मको आधारमा नागरिकता प्राप्त गरेका सन्तानलाई नागरिकता प्रदान गर्ने प्रावधान रहेको छ ।