बागमती प्रदेशमा विपद् व्यवस्थापनको लागी १३ करोड खर्च !

  माघ ०८, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , माघ ८ । गत असोजमा अविरल वर्षाका कारण आएको बाढी–पहिरोले बागमती प्रदेश बढी प्रभावित भएको छ । असोज १०, ११ र १२ गतेको वर्षाका कारण ठुलो जनधनको क्षति भएको थियो ।

विपद् व्यवस्थापन अन्तर्गत विभिन्न कार्यमा प्रदेश सरकारले जिल्ला विपद् कोष र स्थानीय तहको विपद् कोषमार्फत् १३ करोड २ लाख रुपैयाँ खर्च गरेको छ । प्रदेश सरकारले मनसुनजन्य विपद् पूर्वतयारी, खोज, उद्धार तथा राहत र पुनःस्थापनाका लागि सो रकम खर्च गरेको हो ।

बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको प्रतिवेदन अनुसार यस विपद्बाट काभ्रेमा बढी मानवीय र भौतिक क्षति भएको देखिन्छ । काभ्रेमा असोज १० देखि १२ गतेसम्म विपद्का घटनामा परेर ७९ जनाको मृत्यु भएको छ भने धादिङमा ३९ जना, ललितपुरमा ४६, काठमाडौँमा २०, मकवानपुरमा ७, सिन्धुपाल्चोकमा १०, दोलखामा ७, भक्तपुरमा ५, सिन्धुलीमा २ र रामेछापमा १ जनाको मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ ।

तपाईंको प्रतिक्रिया

थप खबर