राष्ट्रपति पौडेलद्धारा फाष्ट ट्रयाकको अवलोकन (फोटोफिचर)

  माघ ०४, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , माघ ४ । राष्ट्रपति रामचन्द्र पौडेलले निर्माणाधीन काठमाडौं तराई मधेस द्रुतमार्ग फाष्ट ट्रयाक आयोजनाको अवलोकन गरेका छन् । निरीक्षणका क्रममा भइरहेका काम कारबाही र प्रगतिबारे जानकारी समेत लिए ।

उनले निर्माणाधीन सुरुङ, पुल र सडकको अवलोकन गर्नुका साथै आयोजना सम्पनन गर्न भइरहेका प्रयास र प्रयत्नबारे आवश्यक जानकारी लिए ।
मुलुकका राष्ट्रिय गौरवका आयोजनामध्ये सबैभन्दा प्राथमिकतामा रहेको उक्त आयोजना नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको छ । निरीक्षणपछि राष्ट्रपति पौडेलले आयोजनालाई तोकिएको समयावधिभित्र पूरा गर्न उच्च मनोबलका साथ काम गर्न सेनालाई निर्देशन दिए ।

तपाईंको प्रतिक्रिया

थप खबर