मिडियाबाजी डटकम काठमाडौँ , माघ ३ । आज सेयर बजारमा गिरावट आएको छ । बिहीबार बजार ७.३३ अंक घटेको हो ।
बुधवार सामान्य वृद्धि भएको बजार आज घटेको छ । बिहीबार बजार परिसूचक २ हजार ५८८.६२ अंकको बिन्दुमा पुगेर बन्द भएको छ। हाइड्रोपावर, उत्पादन तथा प्रशोधन समूह व्यापार समूह, अन्य समूह र म्युचुल फन्ड वृद्धि भएका छन् । यी बाहेकका समूहहरु भने राताम्य बनेका छन् ।
उक्त दिन कारोबार रकम पनि केही सुधार देखिएको छ । आज ५ अर्ब ९३ करोड ३७ लाख ११ हजार रुपैयाँ बराबरको १ करोड १७ लाख ४९ हजार ७०१ कित्ता सेयर किनबेच भएको छ ।