चालु आर्थिक वर्षको ६ महिनामा साढे २७ अर्ब बराबरको वैदेशिक लगानी प्रतिवद्धता

  माघ ०३, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , माघ ३ । चालु आर्थिक वर्षको ६ महिनामा साढे २७ अर्ब बराबरको वैदेशिक लगानी प्रतिवद्धता आएको छ ।
उद्योग विभागका अनुसार चालु आवको पुस मसान्तसम्म ४०९ वटा परियोजनाका लागि सो बराबरको वैदेशिक लगानी प्रतिवद्धता आएको हो ।

सो अवधिमा २७ अर्ब ६२ करोड ९२ लाख ७९ हजार रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ । सेयर पर्चेज एग्रिमेन्ट एसपीए, सेयर सब्सक्रिप्सन एग्रिमेन्ट एसएसए र टेक्नोलोजी ट्रान्सफर एग्रिमेन्ट टीटीए क्षेत्रका अर्थात् स्वचालित प्रणाली, स्वीकृति र सेयर खरिद लगायतमा विदेशी लगानीकर्ताले उक्त परिमाणको लगानी भित्र्याउने प्रतिबद्धता जनाएका हुन् ।

विभागका अनुसार स्वचालित प्रणाली ६ महिनामा ३५४ वटा परियोजनामा २५ अर्ब ७७ करोड ६४ लाख ८८ हजार रुपैयाँ बराबरको वैदेशिक लगानी प्रविद्धता आएको छ । अप्रुभल रुट मार्फत २०० वटा परियोजनामा लगानी प्रतिवद्धता जनाएका छ ।सो बराबरको परियोजनका लागि २३ अर्ब ३९ करोड ४९ लाख ७६ हजार रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिवद्धता आएको हो ।

तपाईंको प्रतिक्रिया

थप खबर