सकियो रवि पक्षका वकिलको बहस, थुनामुक्त गर्नुपर्ने माग

  ७ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ , माघ २ । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणका प्रतिवादी राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेको थुनछेक बहस जारी छ । यसअघि सोमबार रविविरुद्ध सरकार र जाहेरवालाका तर्फबाट वकिलहरूले बहस गरेका थिए । आज रविको पक्षमा वरिष्ठ अधिवक्ताहरू सुशील पन्त र रमन श्रेष्ठले बहस गरिरहेका छन् । पन्त र श्रेष्ठ दुवै पूर्व महान्यायाधिवक्ता हुन् ।

उनीहरूले रविलाई छाड्नुपर्ने तर्क पेश गर्दै इजलासमा बहस गरिरहेका छन् । अहिले खाजाका लागि समय छुट्टयाइएको छ भने सवा २ बजेबाट पुनः इजलास सुरु हुने बताइएको छ । जिल्ला अदालत कास्कीको आदेशपछि धरौटीमा रिहा भएका लामिछाने गत आइतबार आफैं अदालतमा उपस्थित भएका थिए । बहस लम्बिँदै गएपछि रवि लामिछानेले आफ्ना कानुन व्यवसायीलाई कम बोल्न आग्रह गरेका छन् ।

तपाईंको प्रतिक्रिया

थप खबर