सरकारको नयाँ अध्यादेश : होटेल तथा रिसोर्टलाई पनि उद्योगको मान्यता दिने

  ८ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ , माघ २ । पर्यटकलाई सेवा सत्कार गर्न तत्पर रहेका होटेल तथा रिसोर्टहरुलाई समेत उत्पादनमुलक उद्योगको मान्यता दिने गरी सरकारले नयाँ अध्यादेश अघि बढाएको छ । व्यवसायीहरुले वर्षौंदेखि सरकारसँग होटेल व्यवसायलाई पनि उत्पादनमूलक क्षेत्रमा समावेश गर्न माग गर्दै आएका थिए ।

पछिल्लो समय नेपालमा ह्वारह्वार्ति नयाँ होटेलहरु खुल्न थालेका कारण यस प्रकारका लबिङ गर्ने व्यापारीको समूह निकै ठूलो भइसकेको छ । विगतमा सानो समूहले लबिङ गर्दा अटेरि गर्दै आएको सरकारले अहिले भने उनीहरुको आग्रह अनुसार नै संशोधन गर्ने कोसिस भएको उद्योग मन्त्रालयका एक अधिकारीले अर्थपथलाई बताए ।

सरकारले औद्योगिक व्यवसाय ऐन २०७६ संशोधन गर्ने गरी अध्यादेश तयार पारेको छ । नेपालमा व्यावसायिक वातावरण सुधार गर्न भन्दै कतिपय कानूनहरु संशोधन गर्ने कदम अघि बढाएको छ । संसद नचलेका बेलामा अध्यादेशमार्फत् ऐनहरु परिमार्जन गरिहाल्ने र संसद सञ्चालन भएपछि पर्याप्त छलफल बेगर नै अनुमोदन गर्ने प्रयासमा सरकार देखिएको भन्दै कतिपयले यस्तो कार्यशैलीको आलोचना गरिरहेका बेला सरकारले नयाँ अध्यादेश अघि बढाएको हो ।

तपाईंको प्रतिक्रिया

थप खबर