आज संसदका पाँच समितिको बैठक बस्दै

  ११ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ , पौष २६ । आज संघीय संसदका पाँच समितिको बैठक बस्दै छ ।

आज प्रतिनिधि सभाका महिला तथा सामाजिक मामिला समिति र राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै छ । त्यस्तै आज राष्ट्रिय सभाका विधायन व्यवस्थापन समिति, सार्बजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संघीय सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै छ ।

संसद सचिवालयका अनुसार बिहान ११ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा समानुपातिक प्रतिनिधित्वको वर्तमान अवस्था र कार्यान्वयनको मूल्याङकन सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ ।

त्यस्तै अपराहन्न १ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बारे छलफल हुने कार्यसूची रहेको छ । त्यस्तै बिहान साढे ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नेपाल कानून व्यवसायी परिषद् दोस्रो संशोधन विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची रहेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर