मिडियाबाजी डटकम काठमाडौँ , पौष २३ । बदलिँदो राष्ट्रिय तथा अन्तरराष्ट्रिय परिप्रेक्ष्यलाई दृष्टिगत गरी विकास सहायता व्यवस्थापनमा सुधार गर्ने उद्देश्यसहित सरकारले ‘विकास सहायता परिचालन नीति, २०८१’ को मस्यौदा तयार पारेको छ ।
अन्तर्राष्ट्रिय विकास साझेदारका प्राथमिकतामा आएको परिवर्तन, सहुलियतपूर्ण सहायतामा आएको गिरावट, निजी क्षेत्रको भूमिकाको महत्व, र सङ्घीय प्रणालीअन्तर्गत प्रदेश तथा स्थानीय तहमा महसुस भएको विकास सहायताको आवश्यकताअनुरुप नीति परिमार्जन हुन लागेको अर्थ मन्त्रालयले जनाएको छ ।