एकैदिन १५ सय रुपैयाँ घट्यो सुनको मूल्य, तोलाको कतिमा हुँदैछ कारोवार ?

  पुष २१, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , पौष २१ ।  नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । शुक्रबार प्रतितोला दुई हजार रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला एक हजार पाँच सय रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ५३ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ। चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर