१११ मेगावाटको रसुवागढी आयोजनाको व्यावसायिक उत्पादन सुरु

  पुष १८, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , पौष १८ ।  १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको व्यावसायिक उत्पादन सुरु भएको छ ।
कम्पनीको बुधबार बसेको नेपाल विद्युत् प्राधिकरण र कम्पनी सञ्चालक समितिका पदाधिकारी सम्मिलित बैठकले व्यावसायिक उत्पादनको मिति निर्धारण गरेको हो ।

यस अनुसार मंगलबारदेखि उत्पादित विद्युतको ऊर्जा खरिद सम्झौता अनुसार भुक्तानी हुने रसुवागढी हाइड्रोपावर कम्पनीका कम्पनी सचिव नरनाथ न्यौपानेले जानकारी दिए ।

तपाईंको प्रतिक्रिया

थप खबर