मिडियाबाजी डटकम काठमाडौँ , पौष १७ । नेपाली बजारमा आज सुनको मूल्य उकालो लागेको छ । मंगलबारको तुलनामा सुनको मूल्य एकै दिन १४ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन प्रतितोला एक लाख ५१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य बुधबार स्थिर छ । आज चाँदी प्रतितोला मंगलबारकै मूल्य एक हजार ७६५ रुपैयाँमा कारोबार भइरहेको छ ।