मिडियाबाजी डटकम काठमाडौँ , पौष १६ । नेप्से परिसूचक उच्च अंकले घटेको छ ।
नेप्से ३३.०८ अंकले घटेर २५७६.५० विन्दुमा बन्द भएको छ ।
यसदिन नेप्से परिसूचक घटे पनि कारोबार रकम भने केही बढेको छ । गत कारोबार दिन अर्थात् आइतबार ५ अर्ब ४७ करोडको सेयर कारोबार भएकोमा मंगलबार ५ अर्ब ६७ करोडको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकममा २० करोड रूपैयाँ वृद्धि भएको हो ।
आज ३०८ वटा धितोपत्रको एक करोड ३१ लाख ७४ हजार ३७९ कित्ता सेयर किनबेच भएको हो । मंगलबार २८ कम्पनीको सेयर मूल्य बढेको छ भने २१३ वटाको घटेको छ । यस्तै तीन कम्पनीको मूल्य स्थिर रहेको छ । यसदिन नाडेप लघुवित्तको मूल्य सर्वाधिक ४.०१ प्रतिशतले बढेको छ । उक्त कम्पनीको प्रतिकित्ता मूल्य ९८५ रूपैयाँ कायम भएको छ ।
उपकार लघुवित्तको मूल्य ४ प्रतिशतले दरले बढेर प्रतिकित्ता मूल्य चार हजार १७४ रूपैयाँ पुगेको छ । मंगलबार चार कम्पनीको मूल्य सर्किट लेभलमा घटेको छ । सपोर्ट माइक्रोफाइनान्स, जानकी फाइनान्स र पोखरा फाइनान्सको मूल्य १० प्रतिशतका दरले घटेको छ भने नारायणी डेभलपमेन्ट बैंकको मूल्य ९.९९ प्रतिशतले घटेको छ । मंगलबार प्रभु बैंकको सर्वाधिक कारोबार भएको छ । कम्पनीको प्रतिकित्ता मूल्य २३८ रूपैयाँमा ३५ करोड ९४ लाख रूपैयाँको सेयर कारोबार भएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा १.२९ प्रतिशत घटेको हो ।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा नेपाल फाइनान्स रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता ९७४ रूपैयाँ ९० पैसामा १७ करोड ८७ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये अन्य समूहको परिसूचक ०.०६ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो ।