मिडियाबाजी डटकम काठमाडौँ, मंसिर २९। हङकङ। द नर्थफ्रेस अल्ट्रा ट्रेल रनिंग १०० किलोमिटर हङकङ आज हङकङमा सम्पन्न भयो ।
विश्वका ५०० अन्तर्राष्ट्रीय धावकहरू सहभागी १०० किलोमिटर अल्ट्रा ट्रेल रेसमा नेपाली हङकङ अल्ट्रा ट्रेल रनिङ संघका धावक अर्जुन कुलुङ राई ले दोस्रो स्थान हात पार्दै सहविजेता भएका छन् ।
प्रथम स्थानमा फिलिपिन्सका जोन रेले ११ घण्टा ४० सेकेन्ड समयमा खेल पूरा गरेका थिए भने नेपाली धावक अर्जुन कुलुङ राईले ११ घण्टा ८ मिनेट २७ सेकेन्डमा रेस पूरा गरेका थिए । दोस्रो पुरस्कार १५ हजार डलर साथ मेडल र ट्रफी प्राप्त गरेका छन् अर्जुन कुलुङ राई सोलुखुम्बु निवासी हुन् । उनी यो भन्दा अगाडि पनि अन्तर्राष्ट्रीय प्रतियोगिता हरूमा विजयी हुँदै आएका छन् । अन्य नेपाली दुई धावकहरूले सातौं र बाह्रौं स्थानमा डौड पूरा गरेको थिए ।

हङकङमा नेपाली समुदायका धावकहरूले अल्ट्रा ट्रेल रनिंगमा विभिन्न प्रतियोगितामा सहभागी भइ विजयी हुँदै आएका छन् । उनीहरूको उक्त कार्यलाई नेपाल सरकारले ध्यान नदिए पनि नेपालीहरूको निजी सहयोगमा सहभागी भएका धावक राईले नेपालको नाम विश्वसामु राखेका छन् ।
यस्तै किसिमका विभिन्न दौडहरूमा नेपाली धावकहरूले हङकङमा विभिन्न किर्तिमानहरू राख्दै आएका हङकङ नेपाली अल्ट्रा रनिंग संघ संघका अध्यक्ष धावक वेदराज लिम्बुले मिडियाबाजी डटकमलाई जानकारी दिए । नेपालीहरूले हङकङमा विभिन्न संस्थागत खेलमा सहभागी हुँदै मासिक पदयात्रामा ट्रेल सरसफाई गर्दै आएईरहेका समेत लिम्बुले बताए।