मिडियाबाजी डटकम काठमाडौँ , मंसिर २४ । सोमबार भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि मनाइएको छ ।
यसै अवसरमा आज काठमाडौँको माइतीघरमा एमनेस्टी इन्टरनेसनलको आयोजनामा भ्रष्टचारविरुद्ध प्रदर्शन भएको छ ।
प्रदर्शनमा प्रहरी पनि सहभागी थिए। अन्यको भन्दा प्रहरीको संख्या बढी थियो । काठमाडौं जिल्ला प्रहरी परिसर भद्रकाली र उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रहरीहरूले भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेका हुन् ।