बढ्यो सुनचाँदीको मूल्य, तोलाको कतिमा हुँदैछ कारोबार ?

  मङि्सर १९, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , मंसिर १९ ।  बुधबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेर १ लाख ५० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख ५० हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा २० रुपैयाँले बढेर प्रतितोला १ हजार ८ सय ६५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

मंगलबार चाँदी प्रतितोला एक हजार आठ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर