इजरायल र लेबनानबीच युद्ध अन्त्य गर्ने सहमति

  ६ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ , मंसिर १२ ।  इजरायल र लेबनानबीच युद्धलाई अन्त्य गर्ने सहमति गरेका छन् । १३ महिना लामो सीमा द्वन्द्व अन्त्य गर्न अमेरिकी समर्थित प्रस्तावलाई मंगलबार यी देशले स्वीकार गरेका छन् । योसँगै दुई महिनादेखि भएको इसराइल र हिजबुल्लाहबीचको युद्ध रोकिएको छ । इसराइलले बुधबार बिहान स्थानीय समयअनुसार ४ बजेदेखि युद्धबिरामको सहमति कार्यान्वयन हुने भनेको समाचार संस्था सिएनएनले जनाएको छ ।

यद्यपि इसरलाइले मंगलबार नै लेबननको राजधानी बेरूतनजिक दक्षिणी क्षेत्रलाई निशाना बनाएर बमबारी गरेको थियो । मंगलबारको बमबारीलाई युद्ध सुरु भएयताकै सबैभन्दा भारी बमबारी भनिएको सिएनएनले उल्लेख गरेको छ । बेरूत नजिक २ मिनेटमा २० पटक विस्फोट गराइएको थियो ।

आक्रमणमा परी कम्तिमा २५ जनाको मृत्यु भएको भनिएको छ । सोमबार एकैदिन ५५ जनाको मृत्यु भएको थियो। इसराइल र हिजबुल्लाहबीचको युद्धको दुई महिनाको अवधिमा लेबननमा हजारौंले ज्यान गुमाएका छन् । गत असोजको सुरुवातमा इसराइलले लेबननमा पेजर विस्फोट गराएको थियो। हिजबुल्लाहले त्यसको जबाफमा इसराइलमा हवाई आक्रमण गरेको थियो। त्यसयता इसराइली आक्रमणमा परी हिजबुल्लाहका कमाण्डरहरूसमेत मारिएका थिए ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले लेबननमा युद्धविरामको पहल गरेका थिए । युद्धबिरामको सहमतिपछि इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले राष्ट्रपति बाइडेनलाई फोन गरी धन्यवाद भनेको सिएनएनको समाचारमा उल्लेख छ ।

तपाईंको प्रतिक्रिया

थप खबर