आज ३३ अंकले बढ्यो नेप्से, कारोवार रकम कति ?

  १० घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ , मंसिर ११ ।   नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ३३ दशमलव ४१ अङ्कले बढेर २ हजार ७१६ दशमलव ६६ कायम भएको छ । आज परिसूचक १ दशमलव २४ प्रतिशतले बढेको हो । ३१२ कम्पनीको १ करोड ४२ लाख ९२ हजार ७४२ कित्ता शेयर ७५ हजार ५७२ पटक खरिदबिक्री हुँदा ७ अर्ब ४४ करोड ९८ लाख ९८ हजार ९८७ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

बैंकिङ १ दशमलव २०, विकास बैंक शून्य दशमलव ४९, वित्त समूह १ दशमलव ५१, होटल तथा पर्यटन शून्य दशमलव ६४, जलविद्युत् १ दशमलव ९७ र लगानी समूह १ दशमलव १३ प्रतिशतले बढेको छ ।

जीवन बीमा १ दशमलव ०२, उत्पादन तथा प्रशोधन १ दशमलव ०८, लघुवित्त शून्य दशमलव ८५, म्युचुअल फन्ड शून्य दशमलव २३, निर्जीवन बीमा शून्य दशमलव ८१, व्यापार १ दशमलव २९ र अन्य समूह १ दशमलव ६८ प्रतिशतले बढेको छ । सपोर्ट माईक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड, युनाईटेड आईडिआई मर्दी हाईड्रोपावर लिमिटेड र कुथेली बुखरी स्मल हाईड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

थ्रीस्टार हाईड्रोपावर लिमिटेडको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नेपाल फाइनान्स लिमिटेडको ४५ करोड ७८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । खरिदबिक्री भएका शेयरका आधारमा सबैभन्दा धेरै ङादी ग्रुप पावर लिमिटेडको ६ लाख ८८ हजार २३६ कित्ता शेयर किनबेच भएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर