मिडियाबाजी डटकम काठमाडौँ , मंसिर ११ । काठमाडौं कम्प्युटर प्रणालीमा समस्याका कारण अवरुद्ध भएको राहदानी सेवापूर्णरूपमा सञ्चालनमा आएको छ । विभागले सूचना जारी गरी सोमबार साँझदेखि सेवा सञ्चालनमा आएको जानकारी दिएको हो ।
सेवा लिन चाहनेले अनलाइन फाराम भरी विभागमा आवेदन दिनसक्ने व्यवस्था मिलाइएको विभागद्वारा जारी सूचनामा उल्लेख गरिएको छ। राहदानी विभागबाट राहदानी सेवा पूर्ण रूपमा प्रारम्भ गरिएको, अत्यावश्यक परी विभागबाट सेवा लिन चाहने सेवाग्राहीले अनलाइन फाराम भरी विभागमा आवेदन दिनसक्ने व्यवस्था मिलाएको बताइएको छ ।