प्रहरीमा आठ जना डीआईजीमा बढुवा सिफारिस

  ६ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ , मंसिर १० । नेपाल प्रहरीमा डीआईजीको नौं दरबन्दी रिक्त हुँदा गृह मन्त्रालयले आइतबार बेलुकी आठ एसएसपीलाई उक्त पदमा बढुवा सिफारिस गरेको छ । हालका प्रहरी महानिरीक्षक आइजीके ब्याची ध्रुवराज राउत, भोलाबहादुर रावल र गणेश चन्द क्रमशः पहिलो तीन नम्बरको सिफारिसमा परेका छन् ।

यसअघिको बढुवामा अन्यायपूर्वक छुटाइएको टोली यस पटकको बढुवामा समेटिएको छ । राष्ट्रिय अनुसन्धान विभागको अधिकृतका रूपमा भर्ना भई पछि नेपाल प्रहरीको इन्स्पेक्टर दर्जामा समायोजित टोली डीआइजीका निम्ति सिफारिसमा परेको हो । सिध्दिविक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ र डम्मरबहादुर विक उक्त टोलीका हुन् ।

राष्ट्रिय अनुसन्धानको अधिकृतमा २०५३-०९-०५ मा भर्ना भई पछि प्रहरीमा समायोजन हुने शाह, राठौर, चतुर्वेदी, श्रेष्ठ र विक डीआईजी बढुवा हुँदा प्रहरीकै इन्स्पेक्टरका रूपमा सेवा प्रवेश गरेको २०५४-१२-१८ भर्ना मितिका एसएसपी यो बढुवा सिफारिसमा छुटेका छन् ।

उक्त व्याचबाट यसअघि नै हालका प्रहरी प्रवक्ता दानबहादुर कार्कीसहित डा। मनोजकुमार केसी र राजन अधिकारी डीआईजी भैसकेका छन् । राष्ट्रिय अनुसन्धानको टोली डीआईजी दर्जामा छिरेसँगै आगामी भदौमा परिवर्तन हुने प्रहरी नेतृत्वको प्रतिस्पर्धा रोचक हुने भएको छ । दुईमध्ये कुन टोली नेतृत्वमा हाबी हुने भन्ने पुरानै द्वन्द्व आगामी आइजी छनौटका क्रममा देखिने भएको हो ।

तपाईंको प्रतिक्रिया

थप खबर