तेह्रथुम एमालेमा केपी ओलीकै समर्थन पाएका श्रेष्ठ पराजित

  १२ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ , मंसिर ७ ।   नेकपा एमाले तेह्रथुम पार्टी अध्यक्षमा शिवप्रसाद ढुंगाना निर्वाचित भएका छन् ।

उनले केपी ओली निकट उम्मेदवार गोविन्दराज श्रेष्ठलाई पराजित गर्दै जिल्ला कमिटी अध्यक्ष बन्न सफल भएका हुन् । संस्थापन पक्षधर श्रेष्ठले २ सय ४ मत प्राप्त गर्दा ढुंगानाले २ सय ३६ मत प्राप्त गरेका थिए । तेह्रथुम ओलीको जन्म जिल्ला हो। यसैले पनि ओली आफूले चाहेको व्यक्ति अध्यक्ष बनाउन चाहन्थे ।

त्यस्तै श्रेष्ठ प्यानलका तारामान मादेन सचिवमा निर्वाचित भए । उनले २ सय २८ मतसहित जित निकाल्दा ढुंंगाना प्यानलका छत्र रिमालले २ सय २ मत प्राप्त गरेका थिए । उपसचिवमा ढुंगाना प्यानलका यादवबहादुर खापुङ २ सय २० मत ल्याएर विजयी हुँदा श्रेष्ठ प्यानलबाट लडेका अर्जुन ढुंगानाले २ सय ८ मत प्राप्त गरेका थिए । महिला उपसचिवमा श्रेष्ठ प्यानलबाट तारा ढकाल १ सय ७५ मत ल्याएर निर्वाचित हुँदा उपाध्यक्षमा भने सन्तोष तिगेला निर्विरोध निर्वाचित भएका थिए ।

दुई दिनदेखि जारी जिल्ला अधिवेशनमा मंगलबार र बुधबार सहमतिको प्रयास गरेको भए पनि अध्यक्षका प्रत्यासीहरू गोविन्दराज श्रेष्ठ र शिवप्रसाद ढुंगानाबीच सहमति हुन नसकेपछि मतदानमार्फत नेतृत्व चयन भएको हो ।

तपाईंको प्रतिक्रिया

थप खबर