मिडियाबाजी डटकम काठमाडौँ , मंसिर ६ । नेपाल धितोपत्र बोर्डको आईपीओ निष्कासनको पाइपलाइनमा ९ महिनामै ४२ कम्पनी थपिएका छन् । फागुन २० यता ४२ कम्पनी थप भएको बोर्डले जनाएको छ । यीसहित अब आईपीओ निष्कासनको पाइपलाइनमा रहेका कम्पनीको संख्या ७७ पुगेको छ । विभिन्न समयमा आवेदन दिएका कम्पनीको सूची बोर्डले एकैपटक सार्वजनिक गरेको हो ।
पाइपलाइनमा सबैभन्दा धेरै हाइड्रोपावर सेक्टरका कम्पनी छन् । यो सेक्टरका मात्रै ३७ कम्पनीले आईपीओ निष्कासनका लागि स्वीकृति मागेका छन् । त्यस्तै होटल तथा पर्यटन सेक्टरका ५ कम्पनी, लगानी सेक्टरका २, उत्पादन तथा प्रशोधन सेक्टरका १३, माइक्रोफाइनान्स १, माइक्रोइन्स्योरेन्स ४, अन्य सेक्टरका १५ कम्पनीले आईपीओ निष्कासनको लागि स्वीकृति माग गरेको बोर्डले जनाएको छ ।