यी हुन् सबैभन्दा धेरै कर तिर्ने १६ करदाता (सूची)

  ५ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ , मंसिर १ ।   आन्तरिक राजस्व विभागले सबैभन्दा बढी कर तिर्ने कम्पनीलाई सम्मान गरेको छ । विभागले २०७९/८० मा बढी कर तिर्ने कम्पनीलाई कर दिवसको अवसरमा शनिबार सम्मान गरेको हो ।

विभागका अनुसार सबैभन्दा धेरै आयकर नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले तिरेको छ । वस्तु निर्याततर्फ सबैभन्दा धेरै कारोबार गर्नेमा डाबर नेपाल छ ।

पर्यटन व्यवसायतर्फ सबैभन्दा धेरै कर तिर्नेमा तारागाउँ रिजेन्सी होटेल छ । वस्तु व्यापारबाट बढी कर तिर्नेमा भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्टल स्टोर छ । आर्थिक वर्ष २०७९/८० मा वस्तु व्यापारबाट बढी कर तिर्ने करदाताको रूपमा भाटभटेनी सम्मानित भएको छ ।

विशेष उद्योगहरुमध्ये आयविवरण अनुसार सबैभन्दा बढी आयकर बुझाउनेमा बरुण विभरेज नेपाल छ । रेमिटेन्स तथा मनी ट्रान्सफरको कारोबार गर्नेमध्ये सबैभन्दा धेरै कर तिर्नेमा सिटी एक्सप्रेस मनी ट्रान्सफर छ ।

तपाईंको प्रतिक्रिया

थप खबर