कांग्रेसले टुङ्गो लगायो यी १० ठाउँमा उपनिर्वाचनका उम्मेदवार, कहाँ को ? (सूचीसहित)

  १४ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ , कार्तिक ३० । सत्ता साझेदार नेपाली कांग्रेसले आउँदो मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि विभिन्न स्थानको उम्मेदवार टुंगो लगाएको छ ।

कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले शुक्रबार विज्ञप्ति जारी गर्दै ४४ स्थानमध्ये विभिन्न १० ठाउँको उम्मेदवार सर्वसम्मत टुंगो लगाएको जानकारी गराएका हुन् । कांग्रेसले पार्टीका उम्मेदवारलाई मत दिएर विजयी गराउन पनि आग्रह गरेको छ ।

हेर्नुस् उम्मेदवारको सूची
कोशी प्रदेश
(१) भीमकुमार लक्सम्वा – ताप्लेजुङ, सिरिजंगा गाउँपालिका, वडा नं. ३, पद– वडा अध्यक्ष
(२) रामगोपाल वली– झापा, कन्काई नगरपालिका वडा नं. ६,पद– वडा अध्यक्ष
(३) वलराम सरदार – मोरङ, ग्रामथान गाउँपालिका, पद– अध्यक्ष
(४) नगेन्द्र लिम्वू – तेह्रथुम, लालीगुराँस नगरपालिका वडा नं. ८, पद– वडा अध्यक्ष
(५) तेतर साह – सुनसरी, गढी गाउँपालिका, वडा नं. ६, पद– वडा अध्यक्ष
(६) टेकराज भट्टराई – ओखलढुंगा, जिल्ला समन्वय समिति, पद– प्रमुख
(७) घनश्याम दाहाल– ओखलढुंगा, मोलुङ गाउँपालिका, वडा नं. ५, पद– वडा अध्यक्ष
(८) सन्जिव काफ्ले – उदयपुर, त्रियुगा नगरपालिका, वडा १२, पद– वडा अध्यक्ष
(९) नवराज बस्नेत – उदयपुर, बेलका नगरपालिका, वडा ९, पद– वडा अध्यक्ष

गण्डकी प्रदेश
(१) भाइकाजी आले– गोरखा, गोरखा नगरपालिका, वडा नं. ५, पद– वडा अध्यक्ष

तपाईंको प्रतिक्रिया

थप खबर