मिडियाबाजी डटकम काठमाडौँ , कार्तिक २१ । अमेरिकाको अर्को राष्ट्रपति चयनका लागि मतगणना जारी छ । मतगणनामा अहिलेसम्म देखिएको संकेतले डोनाल्ड ट्रम्प फेरि राष्ट्रपति बन्न सक्छन् ।
अमेरिकाका ७ राज्यलाई स्वीङ स्टेट भनिन्छ । ती राज्यमध्ये २ मा ट्रम्पले जितिसकेका छन् र अधिकांश स्विङ स्टेटमा डोनाल्ड ट्रम्प नै अगाडि छन् ।
सीएनएनका अनुसार ट्रम्पले स्विङ स्टेटमध्ये नर्थ क्यारोलिना जितेका छन् । जर्जियामा पनि ट्रम्पले नै जित्ने सीएनएनले प्रक्षेपण गरेको छ । २०२० मा जर्जियामा ट्रम्पले झिनो अन्तरले जो बाइडेनसँग हारेका थिए ।
पछिल्लो गणनामा ट्रम्पले पेन्सिलभेनियामा पनि जित्न सक्ने देखिएको छ । पेन्सलभेनिया सबैभन्दा मनत्वपूर्न राज्य हो किनकि यहाँ सबैभन्दा बढी १९ इलेक्टोरल कलेज भोट छन् । यी ती राज्यहरू हुन् जहाँ अधिकांश मतगणना सकिएको छ ।