मौसम अनुकूलन नहुँदा धान उत्पादन घट्ने अनुमान

  कार्तिक २०, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , कार्तिक २० । यस वर्ष धान उत्पादन कम हुने अनुमान गरिएको छ। किसानले धान पाकेर भित्र्याउने बेलामा नै मौसम अनुकूल हुन नसक्दा धान उत्पादनमा पनि कमी हुने अनुमान गरिएको हो।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गत असोज १० देखि १२ गतेसम्म मुलुकका अधिकांश स्थानमा परेको भारी वर्षाले पनि धान खेतीलाई उत्तिकै असर गरेको जानकारी दिएको छ। केही दिनयता धानका लागि मौसम अनुकूल देखिएको छ। मुलुकका विभिन्न स्थानमा परेको हल्कादेखि मध्यमसम्मको वर्षाका कारण धानलाई केही असर गरेको मन्त्रालयले जानकारी गराएको छ।

तपाईंको प्रतिक्रिया

थप खबर