जनकपुर चुरोट कारखाना, हेटौंडा सिमेन्टलगायतका संस्थान निजीकरण गरिने

  कार्तिक ०५, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , कार्तिक ५ । बन्द, रुग्ण र कार्य सम्पादन कमजोर भएका केही संस्थानहरूलाई सरकारले निजीकरण गर्ने तयारी गरिएको छ । निजीकरण समितिले सोमबार त्यस्ता संस्थानहरूको वर्गीकरणका निम्ति मन्त्रिपरिषदमा प्रस्ताव सिफारिस गर्ने निर्णय गरेको छ ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा समितिको सोमबार बसेको बैठकले जनकपुर चुरोट कारखाना, नेपाल मेटल कम्पनी, हेटौंडा कपडा उद्योगको वर्गीकरणका लागि प्रस्ताव सिफारिस गर्ने निर्णय गरेको हो ।

विराटनगर जुट मिल, बुटवल धागो कारखाना, गोरखाकाली रबर उद्योग, उदयपुर र हेटौँडा सिमेन्ट कारखानाको पनि वर्गीकरणका लागि प्रस्ताव सिफारिस गर्ने निर्णय भएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर