काठमाडौं । करोडपति बन्ने सपना सबैको हुन्छ । यसका लागि सबैले आ–आफ्नै तरिका अपनाउँछन् । जसको एउटा माध्यम सेयर बजार हो । सेयर बजार यस्तो ठाउँ हो जहाँ पैसाबाट पैसा कमाउन सकिन्छ । सेयर बजारबाट नै करोडपति बनेका कयौं उदाहरणहरू पनि छन् । किनभने उनीहरू सुझबुझका साथ लगानी गर्छन् ।
तर अधिकांश मानिस भने ‘फेलियर’ हुने गरेका छन् । किनभने उनीहरू आफ्नो विज्ञता प्रयोग गर्दैनन् । अरूको कुरा सुने अन्धाधुन्ध लगानी गर्छन् । सेयर बजारबाट करोडपति बनेका उदाहरणहरू धेरै छन् । जसमा वारेन बफेट, राकेश झुनझुनवाला, विजय केडिया, राधाकृष्णन दमानी, रामदेव अग्रवाल पर्छन्। जसले सेयर बजारबाट हजारौं करोड रुपैयाँ कमाए ।
कुनै पनि काम सुरु गर्नुअघि त्यसको आधारभूत कुरा जान्नु आवश्यक हुन्छ । त्यसैगरी सेयर बजारबाट करोडपति बन्नका लागि सेयर बजारको आधारभूत ज्ञान हुनु अति आवश्यक हुन्छ । किनकी यदि तपाईसँग आधारभूत ज्ञान छैन भने तपाई जुनसुकै बेला बजारमा ठगिन सक्नुहुन्छ।
यसका लागि सबैभन्दा पहिले सेयर बजार भनेको के हो ? यसले कसरी काम गर्छ ? यो कुरा बुझ्नुपर्ने हुन्छ । यसको बारेमा पर्याप्त अध्ययन गरेर मात्र लगानी गर्नुपर्छ।
२. उचित लगानी योजना बनाउनुहोस्:
सेयर बजारमा लगानी गर्नको लागि उचित योजना बनाउनुपर्छ । जसमा आफ्नो लक्ष्य, समय, लगानीको बजेट र जोखिम व्यवस्थापन जस्ता धेरै कुराहरू समावेश हुनुपर्छ। सही रणनीतिका साथ सेयर बजारमा लगानी गर्दा पक्कै पनि करोडपति बन्न सकिन्छ ।
३. लगानीका विभिन्न विधिहरू अध्ययन गर्नुहोस्:
सेयर बजारमा लगानीका लागि विभिन्न प्रकारका विकल्पहरू छन् जस्तै– कुनै पनि कम्पनीमा प्रत्यक्ष लगानी, म्युचुअल फण्ड, इन्डेक्स फण्ड, आईपीओ जस्ता विकल्पहरू छन् । जसलाई राम्ररी अध्ययन गर्नुपर्छ । यसबाट तपाईले आफ्नो जोखिम र फिर्ताको अनुमान गर्न सक्नुहुन्छ।
४. सानो लगानी सुरु गर्नुहोस्:
सेयर बजारमा लगानी गर्दा जहिले पनि थोरै मात्रामा लगानी गर्नुपर्छ । किनभने सेयर बजार जोखिमपूर्ण हुन्छ । यदि तपाईंले संयोगवश कुनै पनि गलत स्टकमा आफ्नो सबै पैसा लगानी गर्नुभयो भने, तपाईंले ठूलो घाटा बेहोर्नु पर्न सक्छ। त्यसैले, सुरुमा तपाईंले आफ्नो बचतको १० देखि १५ प्रतिशतसम्म मात्र लगानी गर्नुपर्छ।
बजारको बारेमा बुझ्दै गएपछि मात्र १००/३० को सुत्र अपनाउन सकिन्छ । यसको मतलब तपाईले आफ्नो बचतको ७० प्रतिशत सेयर बजारमा लगानी गर्न सक्नुहुन्छ ।
५. कम्पनी अनुसन्धान गर्नुहोस्:
तपाईंले कुनै पनि कम्पनीमा लगानी गर्नु अघि, त्यस कम्पनीको बारेमा उचित जान्नु अति जरूरी हुन्छ । कम्पनीको आधारभूत अवस्था कस्तो छ ? कम्पनीको आर्थिक अवस्था कस्तो छ ? सञ्चालक समिति कस्तो छ ? कम्पनीको रणनीति कस्तो छ ।
यी सबै जानकारी लिएर मात्र कुनै पनि कम्पनीको सेयरमा लगानी गर्नुपर्छ । यसका साथै सेयर बजारका गतिविधिमा पनि नजर राख्नुपर्छ । बलियो आधारभूत कम्पनीहरू चयन गर्नुहोस् । जसले राम्रो प्रतिफल दिन सकोस्