काठमाडौंका सडकमा ह्वातै घट्यो सवारीसाधनको चाप

  असोज २५, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , असोज २५ । नेपालीहरुको महान पर्व दशैं मनाउन आम सर्वसाधरण शहरबाट गाउँ फर्किएसँगै काठमाडौं उपत्यकामा सवारीसाधनको चाप ह्वातै घटेको छ । बडादशैँ तथा तिहार मनाउन सर्वसाधारणहरू गाउँ फर्किएका र काठमाडौंका स्थानीयहरू घर बाहिर ननिस्किँदा काठमाडौंमा सवारीसाधन कम चलेका हुन् ।

सधैँजसो ट्राफिक जामले भरिने काठमाडौं उपत्यकाका सडक अहिले जनसंख्या पातलिँदै जाँदा सडकमा पनि सवारी कम देखिएको छ । सडकमा हिंडडुल गर्ने मानिस र सवारीसाधन कम देखिँदा बजार पसलहरुमा पनि चहलपहल कम  छ । काठमाडौंका मुख्य चोकहरू त्रिपुरेश्वर, कलंकी, कोटेश्वर, माइतीघर, चाबहिल, बानेश्वर, माइतीघर, जावलाखेल, लगनखेल, सातदोबाटोलगायतमा निक्कै कम सावरीहरू चलेका छन् ।

तपाईंको प्रतिक्रिया

थप खबर