बाढी, पहिरो, डुबानका कारण भएको क्षति प्रति नेपाल–भारत मैत्री सङ्घद्वारा दुख: व्यक्त

  असोज २१, २०८१

 मिडियाबाजी डटकम काठमाडौँ , असोज २१ ।  नेपाल–भारत मैत्री सङ्घले बाढी, पहिरो, डुबानका कारण भएको मानवीय तथा भौतिक क्षति प्रति गहिरो दुख: व्यक्त गरेको छ । 

सङ्घले बाढी तथा पहिरोबाट मृत्यु भएका प्रति समबेदना प्रकट गर्दै घाइते तथा प्रभावित नागरिकमा धैर्य धारणा कायम राख्न आग्रह गरेको छ ।

नेपाल भारत मैत्री सङ्घले विज्ञप्ति जारी गर्दै  बिपतको यो घडमा नेपाल भारत मैत्री संघ केन्द्रिय कार्यालयको सकृयतामा जिल्ला शाखा काठमाडौले नागार्जुन नगरपालिका तथा चन्द्रागिरी नगरपालिकाका बाढीपिडि परिवारजनमा राहत स्वरुप लत्ताकपडा, खाध्यान्न तथा औषधी स्वास्थ्य उपकरणहरु आज मिति २०८१।०६।२१ गतेका दिन पिडित जनतामा बितरण गर्ने गरी यस नेपाल भारत मैत्री संघका महासचिव श्रीबोधकृष्ण सुबेदी मार्फत नागार्जुन नगरपालिकाका प्रमुख श्री मोहन बस्नेतज्यू तथा चन्द्रागिरी नगर पालिकाका प्रमुख श्री घनश्याम गिरिज्यू समक्ष हस्तान्तरण गरेको बताएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर