३७ अंकले बढ्यो नेप्से परिसूचक

  असोज २१, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , असोज २१ ।  सेयर बजार आज पनि बढेको छ। यस दिन नेप्से ३७.१३ विन्दुले बढेर २६९०.७२ अंकमा आएको छ। त्यस्तै कुल कारोबार ७ अर्ब रुपैयाँभन्दा बढीको भएको छ। १३ मध्ये ११ वटा समूहका सूचक बढेका छन्।

आज सोमबार ३०५ कम्पनीको १ करोड ५८ लाखभन्दा बढी कित्ता सेयर कारोबार भए। २६ करोड २३ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा चन्द्रागिरी हिल्स अग्रस्थानमा आयो भने दोस्रो र तेस्रो स्थानमा नेपाल इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट लिमिटेड र हिमालयन रिइसुरेन्स परे। 

तपाईंको प्रतिक्रिया

थप खबर