मिडियाबाजी डटकम काठमाडौँ , असोज १९ । काठमाडौँबाट लमजुङ जाँदै गरेको गाडी नुवाकोटको काफलडाँडामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । दुर्घटनामा गाडी चालकको मृत्यु भएको र अन्य दुई जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । घाइतेमध्ये एक जना पुरुषको अवस्था गम्भीर छ ।
बा१४च ३८५५ नम्बरको गाडी आज बिहान करिब ८ बजे टोखा(छहरे सडक खण्डबाट करिब ५०० मिटर तल खस्दा चालकको मृत्यु भएको हो । उनको सनाखत नभएको प्रहरीले जनाएको छ । उक्त गाडी नागढुंगातर्फको जाम छल्न नुवाकोट हुँदै गल्छी निस्किएर लमजुङतर्फ जाँदै थियो ।