मिडियाबाजी डटकम काठमाडौँ , असोज १६ । सरकारले कोरोना संक्रमणको जोखिम बढेको भन्दै खोप अभियान सुरू गरेको छ ।
परिवार कल्याण महाशाखाका अनुसार पछिल्ला दिनमा स्थानीय तहमा कोरोना विरुद्धको खोप अभियान सञ्चालन गरिरहेका छन् ।
बेलायत, अमेरिका लगायतका युरोपेलि मुलकमा ओमिक्रोनको सबभेरियन्ट एक्सइसीले संक्रमण, भर्ना र मृत्युदर बढाइरहेको छ । नेपालमा पनि जोखिम कायम नै छ । त्यसैलाई मध्यनजर गर्दै सरकारले स्थानीय तहमा मागअनुसार खोप उपलब्ध गराउँदै अभियान सञ्चालन गरेको हो ।
धनगढी उप महानगरपालिकाले आजदेखि खोप अभियान सुरू गरेको छ । जसमा १२ बर्षभन्दा माथिका उमेर समूहका नागरिकलाई खोप दिनेछ ।