मिडियाबाजी डटकम काठमाडौँ , असोज १५ । इमेज सहकारी ठगी पक्ररणमा पक्राउ पर्नुभएका बागलुङका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली कारागार चलान भएका छन् ।
आज जिल्ला अदालत बागलुङले नेपालीलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो । अदालतले नेपालीका भाई ओमबहादुर दर्जीलाई भने १ लाख ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको छ ।